Logo

माधवबाहेकका नेतालाई पार्टीमा फर्कन ओलीकाे आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन कार्यकर्ता तहलाई आग्रह गरेका छन् । उनले आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भइरहेको भन्दै माधवकुमार नेपालबाहेक अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन समेत आग्रह गरे ।

आइतबार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भए । जो अपराध कर्मको नेतृत्व गरिरहेका छन् । त्यसताका सवालमा मैले धेरै पटक भनिसके । अब आशा र विश्वास पनि छैन ।’ उनले देश र पार्टीलाई माया गर्ने एमालेमा सबैको पसिना मिसिएको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका बताउँदै भने, ‘यहाँ आफ्ना सांसदहरूलाई प्रलोभनमा पारेर मतदानबाहिर लगेको देखेका छौँ । त्यस्ताको पछि लागेर आन्दोलन र आफ्नो भविष्य किन सखाप पार्ने । साथीहरू फर्किनुस् । पार्टीले क्षमा गर्छ ।’

प्रतिक्रिया दिनुहोस्