Logo
Logo

कार्यदलको सर्वसम्मतिले १० बुँदा तयार भएको हो : नेता नेम्बाङ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले सर्वसम्मतिले १० बुँदा तयार पारेको बताएका छन् । पार्टी एकताको दबाब दिँदै कार्यदलका सदस्य आइतबार सिंहदरबारमा भएको छलफलमा नेता नेम्बाङदे यस्तो बताएका हुन् ।

ओली पक्षका कार्यदल संयोजकसमेत रहेका नेम्वाङले भने, ‘यो हाम्रो सर्वसम्मत निष्कर्ष हो । व्यक्ति–व्यक्तिको कुरा गर्ने हो भने सबै चित्त नबुझ्न् सक्छ ।’ उनले नेता माधव नेपालले जस्तै केपी ओलीले पनि सबै कुरमा चित्त नबुझेको बताए ।

एमाले विभाजनको अधिकार कुनै पनि नेतालाई नरहेको भन्दै एकता अभियानका नेता यज्ञराज सुनुवारले केपी ओली र माधव नेपालको मात्र निर्णयले पार्टी चल्न नसक्ने बताए । उनले भने, ‘दुई जना नेताको निर्णयले मात्र पार्टी चल्दैन । लाखौँ कार्यकर्ताले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको छ ।’

प्रतिक्रिया दिनुहोस्