Logo
Logo

अमेरिकी राजदूतद्वारा गृहमन्त्रीसँग भेट


दृष्टि संवाददाता


काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गृह मन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेट गरकेा छन् । गृह मन्त्रालयमा सोमबार राजदूत बेरीले गृहमन्त्री खाँणसँग भेट गरेका हुन् ।

भेटमा दुई देशबीच सम्बन्ध सुदृढ रहनेमा आफू विश्वस्त रहेको राजदूत बेरीले बताएका थिए। उनले नेपाललाई थप कोरोना खोप आवश्यक रहेमा सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइने पनि बताएका छन् ।

भेटमा गृहमन्त्री खाँणले सरकारको प्राथमिकता जनतालाई खोप लगाउनु रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्