Logo
Logo

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा


दृष्टि संवाददाता


काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तगएतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु ३०० मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ साउन १४ गतेदेखि भदौ ८ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्