Logo
Logo

नबिल डिजि बैंकको नयाँ उपलब्धि, व्यावसायिक कर्जाको अनलाइन आवेदन सुविधा


दृष्टि संवाददाता


काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।

बैंकले आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक– गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ ।

देशभर १३५ वटा शाखा कार्यलय, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वटा बैंकिङ अनुभवका साथ बैंकको ग्राहकलाई मूल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

प्रतिक्रिया दिनुहोस्