
काठमाडाैं । नेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले टोकियो ओलम्पिक २०२० को पुरुष १ सय मिटर फ्रिस्टाइल ५३ दशमलव ४१ सेकेन्डमा पूरा गर्दै मंगलबार यो स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।
टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । एलेक्स आफ्नो हिट १ मा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए ।
एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् । यस अघि एलेक्सको नाममा ५५ दशमलव ३८ सकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।एलेक्सले राष्ट्रिय कीर्तिमान बनाएपनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् । उनी हिट चरणबाट बाहिरिए ।
यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहे । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले सहभागी छन् ।अब गौरिका सिंहले प्रतिस्पर्धा गर्न बाँकी छ ।