Logo
Logo

माओवादीको स्थायी कमिटी बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले आज बस्ने भनिएको बैठक स्थगित गरिएको माओवादीको केन्द्रीय सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार बसेको बैठकले आज ३ बजे बस्नेगरी बैठक सकिएको थियो । आज बस्ने बैठकले माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने भनिएको थियो । बुधबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्