Logo
Logo

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी सभापति तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको नीजि निवास बुढानीलकण्ठमा सुरु भएको छ । आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन् ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । बैठकमा क्रियाशील सदस्यताबारे छलफल हुने बताइएको छ ।

संस्थापन पक्षले नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा राजनीतिक निर्णयका आधारमा सहमति खोज्नुपर्ने तर्क गर्दै आएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसहित संस्थापनइतर पक्षले विवादित क्षेत्रको हकमा १३औंँ महाधिवेशनकै आधारमा क्रियाशील सदस्य कायम राखेर महाधिवेशनमा जानुपर्ने तर्क अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्