Logo
Logo

बुद्धभूमि नगरपालिकामा भरही सिँचाइ योजना सन्चालमा


दृष्टि संवाददाता


कपिलवस्तु । जिल्लाकाे बुद्धभूमि नगरपालिका तीन दुवियास्थित भरही सिँचाइ योजना सन्चालमा आएको छ । एशियाली विकास बैंकको सहयोगमा विगत चार वर्ष देखी योजना सन्चालनमा आएसंगै किसानले समयमै खेतीपाती गर्न पाएका छन् ।

कपिलवस्तुको दुवियामा निमार्णाधीन भरही सिँचाई योजना संचालनमा आएसंगै दुई सय हेक्टर जमिन सिंचित भएको छ भने १५ सय स्थानीय लाभान्वित भएका छन् ।

एशियाली विकास बैँकको तीन करोड २७ लाखको लागतमा यो सिँचाइ योजना सन्चालनमा छ । मुल नहर सात किलोमिटरसँगै तीन वटा शाखा नहर समेत बनेका छन् । सिँचाइ योजना सम्पन्न भएपछि यस भेगका किसान हर्षित भएका छन् ।

८३ हजार हेक्टर क्षेत्रफल रहेको कपिलवस्तुमा हालसम्म झन्डै ४० हजार हेक्टर सिंञ्चित रहेको डिभिजन सिंचाई कार्यालय तौलीहवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्