Logo
Logo

युराेपियन र अमेरिकी यात्रुले बेलायतमा क्वारेन्टिन बस्न नपर्ने


दृष्टि संवाददाता


एजेन्सी ।बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको हाे ।

कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले अब क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ ।

युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ ।

तर, यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ । पछिल्लो समय बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘एम्बर लिष्ट’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरुले आइसोलेशन बस्नु नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्