Logo
Logo

सिटिजन्स बैंकको खुद नाफा डेढ अर्ब नाघ्यो


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १९ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । बैंकले प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ र सञ्चालन आम्दानी ४३.३८ प्रतिशतले बढेर ७५ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा पनि ४३.६६ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १२.७१ रुपैयाँ, पीई रेसियो २१.१ र प्रतिसेयर नेटवर्थ बढेर १४८.४९ रुपैयाँ पुगेको छ ।

कारोनाको महामारीबीच पनि बैंकले राम्रो व्यवसाय गरेको छ । निक्षेप ८८ अर्ब ४९ करोड रुपैयाँबाट एक खर्ब ४० करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी ७८ अर्ब ९७ करोड रुपैयाँबाट एक खर्ब १८ अर्ब पुर्याएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ५८.९२ र ५०.१३ प्रतिशतले बढी हो ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३८.३६ प्रतिशतले बढी हो । त्यस्तै, समिक्षा अवधिमा बैंकको जगेडा कोषको रकम ४०.९२ प्रतिशतले बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराव कर्जा भने १.५५ प्रतिशतबाट बढेर २.७७ प्रतिशत पुगेको छ । त्यस्तै, कष्ट अफ फण्ड ५.८५, क्यापिटल फण्ड टु आरडब्लुए १३.८९ र क्रेडिट टु डिपोजिट रेसियो बढेर ७७.४२ पुगेको छ । गत असार मसान्तसम्म बैंकको बेस रेट र इन्ट्रेष्ट रेट स्प्रिड दुबै घटेर क्रमशः ७.५५ र ३.५९ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्