Logo
Logo

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा वृक्षरोपण कार्यक्रम


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०७८ साल साउन १५ गते कामनपा–३ वडाको मूल सडक महाराजगञ्ज सल्लाघारीबाट न्यूरो अस्पताल बाँसवरीसम्म १०० बिरुवा रोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाडौं महानगरपालिका–३ सँगको सहकार्यमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कामनपा–३ वडाका वडाध्यक्ष दीपक केसीले वृक्षरोपण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।

बैंक ले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८३ वटा शाखा, दुईवटा एक्सटेन्सन काउन्टरलगायत २१ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा १०६ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर २०० वटाभन्दा बढी एटिएम तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्