Logo
Logo

काेराेना राेक्न अस्ट्रेलियामा सेना परिचालन


दृष्टि संवाददाता


एजेन्सी । अस्ट्रेलियाका सिड्नीलगायतका शहरहरूमा जारी लकडाउनमा सर्वसाधारणले वेवास्ता गरेको भन्दै सिड्नीमा सरकारले सडकमा सेना परिचालन गरेको छ।

डेल्टा भेरियन्टका कारण अस्ट्रेलियमा ३ हजार मानिस संक्रमित भएपछि लकडाउन लागू गरिएको हो। विगत पाँच साता यता जारी गरिएको लकडाउनका बीच सिड्नीमा संक्रमण दर झन् तीव्र बन्दै गएको छ।

यसैबीच सेना परिचालनप्रति सिड्नीका सर्वसाधारणले विरोध जनाएका छन् । अष्ट्रेलियामा आगामी अगस्ट २८ तारिखसम्म कायम रहने गरी लागू गरिएको लकडाउनमा आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारण बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ।

यस्तै १० किलोमिटर भन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ। यस्ता खरिददारी कार्य केवल अत्यावश्यक वस्तुका लागि मात्र हुनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्