Logo
Logo

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा


दृष्टि संवाददाता


काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएका हुन् ।

राजीनामापछि पत्रकार सम्मेलन गर्दै राईले फुटबलमा देखिएका पछिल्ला गतिविधि दुवै तर्फबाट बन्द गर्न आग्रह समेत गरे । अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै राईले अहिले एकले अर्कालाई हिलो छ्याप्ने काम बन्द गर्नुपर्ने सुझाव दिए । उनले कुनै व्यक्ति विशेषका कारण नभई फुटबलको विकासका लागि वातावरण बनाउनका लागि राजीनामा दिएको समेत उनले बताए ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन् । एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी बैशमा निर्वाचन हुँदैछ । निर्वाचन नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ ।

यस विषयमा पनि राईले दुवै पक्षले अहिले गरिरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया शुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गरका छन् ।

प्रतिक्रिया दिनुहोस्