Logo
Logo

एन्फा विवाद छानविनकाे जिम्मा राखेपलाई दिइयाे


दृष्टि संवाददाता


काठमाडाैं । युवा तथा खेलकुद मन्त्रालयले फुटबल विवाद छानविनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानविनका लागि मन्त्रालयलाई गरेकाे आग्रहपछि मन्त्रालयले गुनासो छानविन गरि समस्या समाधानको उपाय सहित प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएको हाे ।

मन्त्रालयका सचिव केदार न्यौपानेले फुटबलमा देखिएको विवाद छानविन गरि समाधानको उपाय सहित प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएका हुन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गका कारण आफुले राजीनामा दिने घोषणा गरेका थिए । प्रशिक्षकले वरिष्ठ उपाध्यक्षले केही हप्तादेखि आफुलाई काम गर्न नदिएको आरोप लगाएका थिए ।

आफुमाथि गम्भिर आरोप लागेपछि नेम्वाङ्गले छानविनका लागि एन्फामा निवेदन दिएका थिए । लगत्तै प्रशिक्षकले समेत दुई पत्रकार सहित वरिष्ठ उपाध्यक्षमाथि छानविनका लागि निवेदन दिएका थिए ।

प्रशिक्षक र वरिष्ठ उपाध्यक्षको निवेदनमाथि छलफल गर्न एन्फाले आकस्मिक कार्यसमिति बैठक आह्वान गरेको थियो ।

बैठकले विवाद छानविनका लागि मन्त्रालयमा निवेदन दिने निर्णय गरेको थियो । अध्यक्ष समेत आरोपित विषयमा उच्च स्तरीय छानविन गर्नुपर्ने भन्दै एन्फाले मन्त्रालय गुहार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्