Logo
Logo

अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण जाखिम कायम रहेको भन्दै सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञप्ति जारी गर्दै छिमेकी भारत र चीनमा संक्रमण बढिरहेकाले नेपालमा समेत जोखिम रहेको भन्दै बुस्टर डोज लगाउन आग्रह गरेको हो ।

छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । तर, हालसम्म नेपालमा बिएफ–७ नामक भाइरस देखिएको छैन ।
मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ ।

यसैबीच सरकारले बुस्टर डोजका लागि खोप ल्याउने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन तयारी थालिएको जानकारी दिएका छन् ।

कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ । अब बाँकी रहेको मध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन लागिएको हो ।

यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्