Logo
Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू शितलनिवासमा


7.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोकेर नेताहरू शीतल निवास पुगेका छन् ।

सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सहमति जुटेको थियो । बालकोटमा सहमति जुटेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने दाबी प्रस्तुत गर्न शतिलनिवास पुगेका हुन् ।

आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठक थियो । बैठकमा प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्