Logo
Logo

गण्डकी प्रदेशसभा बैठकमा राप्रपा सहभागी नहुने


315
Shares

पोखरा । राप्रपा पनि उपस्थित नहुने भएको छ । दलका नेता पञ्चराम गुरुङले पार्टीको केन्द्रीय समिति बैठक भएकोले संसद्मा उपस्थित हुन नसकिने बताए ।

‘पार्टीको केन्द्रीय समिति बैठक छ । हामी जाँदैनौँ,’ उनले भने । कांग्रेसले बैठक बहिष्कार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिँदा बहुमत प्राप्त नगरेको भन्दै कांग्रेस सर्वोच्च पुगेको छ । सर्वोच्चमा विचाराधीन मुद्दा टुङ्गो नलाग्दासम्म सरकार र संसद्को कुनै पनि गतिविधिमा आफूहरू संलग्न नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

बैठक आज ३ बजेका लागि डाकिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्