Logo
Logo

ग्लोबल आइएमई बैङ्कद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालनमा


441
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैङ्किङ सेवाहरू बैङ्कको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।

सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैङ्किङतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी बैङ्कले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरूलाई बैङ्कको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । 

बैङ्कले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैङ्किङ एक्सेस, मोबाइल बैङ्किङ ब्लक तथा अन ब्लक, डेबिट कार्ड ब्लक तथा अन ब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अन ब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरू बैङ्कको वेवसाइटबाटै अनलाइन प्रदान गर्नेछ । 

ग्राहकहरुले यस बैङ्कको वेवसाइटमा रहेकाको ‘डिजिटल युनिभर्स’ मा गई वा https://digitaluniverse.gibl.com.np/ मा सिधै क्लिक गरी उल्लेखित सेवाहरू आफ्नो अनुकुलमा प्रयोग गर्न सक्नेछन् । 

बैङ्कले केहि दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैङ्किङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको थियो ।  

जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटिएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेका छन् ।

पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूलाई अनलाइनमार्फत नविनतम् बैङ्किङ अनुभव प्रदान गर्ने उद्देश्यले बैङ्कले डिजिटल युनिभर्स सार्वजनिक गरेको हो । 

आजको युगमा डिजिटल बैङ्किङको महत्त्व बढ्दै गएको छ । डिजिटल बैङ्किङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैङ्किङ सेवा उपलब्ध गराउँछ । ग्लोबल आइएमई बैङ्कको डिजिटल युनिभर्स नेपाली बैङ्किङ क्षेत्रमा नवीन प्रयास रहेको छ । यसले हाम्रो बैङ्किङ क्षेत्र तथा मुलुकको समग्र डिजिटल रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । 

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्