Logo
Logo

राष्ट्रिय परिचयपत्रको विवरण वडामै गएर सङ्कलन गर्न गृहको निर्देशन


2.1k
Shares

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरेर सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।

सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि गृहले वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनेको हो ।

गृह मन्त्रालयले २८ जिल्लामा ४३८ जना विवरण दर्ता अपरेटर परिचालन गरेको छ । स्थानीय तहसँग समन्वय गरेर विवरण दर्ता स्टेशन थप गर्न पनि प्रजिअहरुलाई मन्त्रालयले अधिकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्