Logo
Logo

रास्वपाले निर्वाचन आयोगलाई दियो मुकुल ढकाललाई पदमुक्त गरेको जानकारी


882
Shares

काठमाडौं । रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अध्यावधिक विवरण बुझाएको हो ।

गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा। मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाले असार २५ गते बसेको केन्द्रीय समितिको बैठकबाट अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको थियो ।

रास्वपाले आज आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिको विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनुपर्ने व्यवस्था छ ।

एक महिना पुग्नुअगावै विवरण हेरफेरको जानकारी आयोगलाई विधिवत् रूपमा बुझाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी बताए।

रास्वपाले महामन्त्री पद रिक्त भएपछि कार्यवाहक महामन्त्रीको रूपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिएको छ। कार्यवाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता एवं सांसद मनीष झालाई दिएको छ ।

ढकालले भने आफूलाई पदमुक्त गर्ने पार्टीको निर्णय अवैधानिक दाबी गरी उक्त विवरण अद्यावधिक नगर्न यसअघि नै आयोगलाई निवेदन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्