Logo
Logo

समाज बिभाजित गर्न खोज्नेलाई नियन्त्रण गर्न सामाजिक विधेयक आवश्यक : सञ्चारमन्त्री


378
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो बिकासका लागि पुराना ऐन कानूनका साथै कार्यशैलि परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको टेलिकम उद्योग पुनरुत्थान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले टेलिकम उद्योग पुनरुथानका लागि प्रविधिको विकाससंगै अघि बढ्नुपर्ने र पुराना ऐन कानून परिमार्जन हुने जानकारी दिए । प्रविधिको बिकाससंगै टेलिकम क्षेत्रको बिकास गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उनले बताए ।

मन्त्री गुरुङले आफु मन्त्री भएपनि प्रविधिको क्षेत्रमा बिकास गर्न खाजेपनि सोचेजस्तो काम हुन नसकेको उल्लेख गरे । उनले विधेयकहरु लामो समय अड्किदा समयमा नै कानून निर्माण हुन नसकेकाले संसदले नै टाइमलाइन तोकेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिए ।

विधेयक पास गर्न ५–६ बर्ष लाग्ने देखिएकाले सुशासन तथा आर्थिक बिकासका लागि अध्यावश्यक कानून बनाउन अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले समाजलाई बिभाजित गर्न खोज्ने कामलाई नियन्त्रण गर्न सामाजिक विधेयक आवश्यक परेको धारणा राखे । उनले दुर्गा प्रसाईँजस्ता व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने काम गरिरहेको आरोप समेत लगाए ।

त्यस्तै उनले दूर सञ्चार ऐनको मस्यौदा तयार भइ संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिदै सवैको छलफल र सुझावपछि सदनमा पेश गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्