Logo
Logo

निगमको उडान रद्द घटनाः ६ कर्मचारी फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , ३० चैत्र ।
गत चैत १९ गते राती चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ ।

विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारी र निगमका चार कर्मचारीलाई पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको छानबिन समितिले कारबाही सिफारिस गरेको हो। प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ ।

त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । तर, नाम किटान गरेरै कारबाही सिफारिस गरिए पनि दोषीको नाम भने सार्वजनिक नगर्ने सहमति भएको छानबिन समितिका एक सदस्यले बताए ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।

प्रतिक्रिया दिनुहोस्