Logo
Logo

सात कमाण्डरमध्ये कसले सम्हाल्ला अफगानको नेतृत्व ?



काठमाडौं । २००१ मा अमेरिकी फौज अफगानिस्तानमा छिर्नुअघि सत्ता सञ्चालन गरेको तालिवान समूहले सिंगो देश कब्जा गरेको छ । पश्चिमा मुलुक समर्थित सरकारको विरुद्ध तालिवान सन् २००१ देखि नै अफगानस्तानमा विद्रोह गर्दै आइरहेको छ ।

तालिवानका संस्थापक मुल्लाह मोहम्मद ओमर हुन् । सन् २००१ मा अमेरिकी सेना अफगान ओर्लिएसँगै तालिवानले सत्ता गुमायो । त्यहि बेलादेखि ओमर लुकेका थिए । ओमरको मृत्यु भएको दुई वर्षपछि मात्रै उनका दुई छोराहरुले सार्वजनिक गरे । ओमरको मृत्यु सन् २०१३ मा भयो ।

तालिवान र अलकायदा समाप्त पार्न भन्दै अमेरिकाले सन् २००१ मै अफगानिस्तानमा सैनिक ओरालेको थियो । योसँगै तालिवान अफगानिस्तानका कुना कन्दरामा सीमित भयो । तर, कसरी र कसको नेतृत्वमा पुनः तालिवान अफगानिस्तानमा हावी भयो ? यसको नेतृत्वकर्ता को हो ? भन्ने प्रश्न अहिले पनि रहस्यकै गर्भमा छ ।

अफगान कब्जा गर्ने नेतृत्वहरु

१. हेईबुतल्लाह अखुन्जादाः

हेईबुतल्लाह तालिवान समूहका सर्वोच्च नेता हुन् । उनलाई तालिवानको राजनीतिक, धार्मिक तथा सैन्य मामिलासँग सम्बन्धित सबै विषयहरुमा निर्णय लिने अधिकार छ ।

उनी नै तालिवानको विश्वासयोग्य व्यक्ति हुन् । सन २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिएपछि अकुन्जादाले तालिवान समूहको नेतृत्व सम्हाल्ने ।

कुटनीतिकमा निपुण अखुन्जादाले अफगानिस्तास्थित कुचलक सहरको एक मस्जिदमा पढाउने काम गर्दथे । १५ वर्ष पढाएका उनी सन् २०१६ मा सम्पर्कविहीन भए । ६० वर्ष कटेका उनले नै विद्रोहको शंखनाद गरेको बुझिन्छ ।

२. मुल्लाह मोहम्मद याकुबः

याकुब, तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा हुन् । उनी तालिवान समूहका सम्पूर्ण सैन्य गतिविधि तथा आक्रमणको निरीक्षण तथा व्यवस्थापकीय कार्य हेर्थे । नेतृत्व हस्तान्तरणको विषयमा टसल हुँदा उनलाई धेरै पटक सर्वोच्च नेताको रुपमा प्रस्ताव गरिएको थियो । तर उनले अखुन्जादालाई अघि सारेका थिए । उनी ३० वर्षका भए ।

३. सिराजुद्दीन हक्कानी

सिराजुद्दीन हक्कानी मुज्जाहद्दीन कमान्डर जालालुद्दिन हक्कानीका छोरा हुन् । सिराजुद्दीनले तालिवानको हक्कानी नेटवर्कको नेतृत्व छन् । यो समूहले अफगान–पाकिस्तान सीमामा तालिवानको वित्तिय तथा सैन्य सम्पत्तिको निगरानी र व्यवस्थापन गर्छ ।

अमेरिकी खुफिया एजेन्सीको प्रतिवेदनअनुसार बम बनाउने कला र ठूला बम विस्फोट उनकै नेतृत्वमा हुने गर्दछ । झण्डै ५० वर्ष पुगेका उनले तत्काली राष्ट्रपति हमिद कर्जाइको हत्या प्रयास गरेका थिए भने भारतीय दूतावासमा आत्मघाती बम विस्फोट गराएका थिए ।

४ मुल्लाह अब्दुल घानी बरादारः

बरादार तालिवानका संस्थापक नेतामध्येका एक हुन् । उनी तालिवानको राजनीतिक कार्यालयका प्रमुख हुन् । उनी यो समूहको वार्ता टोलीको एक हिस्सा हुन् । उनले दोहामा बसेर राजनीतिक सम्झौता गर्ने प्रयास पनि गरेका थिए । एकपटक पक्राउ परेका बरादारा २०१८ मा रिहा भएका थिए ।

५. सेर मोहम्मद अब्बास स्तानिकजाई

तत्कालीन तालिवान सरकारका उपमन्त्रीसमेत रहेका अब्बास अफगान सरकारसँग हुने वार्तामा सहभागी हुने गरेका थिए । त्यतिमात्र नभई विभिन्न कूटनीतिक वार्तामा सहभागी हुने उनी पनि तालिवानका विश्वासिलो नेता हुन् ।

६. अब्दुल हकिम हक्कानी

उनी तालिवानी वार्ता समूहका प्रमुख हुन् । तालिवानका पूर्व छाया प्रधानन्यायाधीशसमेत रहेका उनी धार्मिक परिषद् समूहको प्रमुख हुन् । उनी अखुन्जादाका विश्वासिला व्यक्तिको रुपमा चिनिन्छन् ।

७. जबीउल्लाह मुजाहिद

उनी तालिवानका प्रवक्ता हुन् । उनले कुनै पनि तालिवानसँग सम्बन्धित जानकारी मिडियालाई दिने गर्दछन् । उनी नियमित रूपमा अफगानिस्तानका पत्रकारहरुसँग कुराकानी गर्थै । तालिवानको तर्फबाट सेलफोन कल, पाठक सन्देश, ईमेल, ट्विटर, र जिहादी वेबसाइटहरुमा स्टाटसमार्फत बोल्ने गर्दथे । मुजाहिद जनवरी २००७ मा तालिवान प्रवक्ता मुहम्मद हनिफको गिरफ्तारी पछि उनी प्रवक्ता नियुक्त भएका थिए ।

अफागनिस्तानको सत्ता नेतृत्व कसले गर्ला ?

तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान मानिन्छन् । भनिन्छ उनैले तालिवानको दिशा बदले र तालिवानलाई अहिलेको अवस्थामा पुर्याए । उनी अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारका हुन् । कान्दाहार तालिवानको गढ मानिन्छ । उनकै कारण कान्दाहारमा तालिवानले पकड जमाउन सकेको बताइन्छ । अर्का नेता मुल्ला अब्दुल गनी बरादर तालिवानको संस्थापक नेता हुन् ।

सन् १९९४ मा तालिवान गठन भएपछि उनले एक कमाण्डर र रणनीतिकारको भूमिका खेलेका थिए । सन् २००१ मा जब अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरी तालिवानलाई सत्ताबाट हटाइयो, त्यतिबेला नेटो सैन्य बलविरुद्ध विद्रोहको नेतृत्व यिनैले गरेका थिए । सत्ताबाट हट्ने बेलामा उनी तालिवानको डेपुटी रक्षामन्त्री थिए । त्यसैले यि दुई मध्ये एकले अबको सत्ता नेतृत्व गर्नेछन् ।

अलजजिराको सहयोगमा

प्रतिक्रिया दिनुहोस्