Logo
Logo

सिडिओ हेरफेरको तयारी


11k
Shares

काठमाडौं । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर तयारी थालेको छ । काठमाडौं लगायत जिल्लाका सिडिओ हेरफेर गर्न लागिएको छ ।

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीलाई हटाउने तयारी भइरहेको छ । जहाँ आधा दर्जन सहसचिवको दौड छ । गृहको कर्मचारी प्रशासन महाशाखाकै प्रमुख गोविन्द रिजालदेखि तिर्थराज भट्टराई लगायत काठमाडौंको सिडिओ हुने दाउमा छन् ।

लामो समय सिडिओमा कम्युनिष्टहरुको हालिमुहाली भएकाले उनीहरुलाई हटाएर कांग्रेस निकट कर्मचारीलाई पठाउन लागिएको छ । अब जिल्ला जाने सिडिओले स्थानीय तहको समेत निर्वाचन गराउने भएकाले छानी– छानी पठाउन लागिएको छ । कतिपय कर्मचारी आर्थिक चलखेलका आधारमा सिडिओ बन्ने दाउमा समेत मन्त्रिनिकटसँग भेटघाटमा लागेका छन् । दुई साताअघिदेखि नै गृहमा सिडिओ सरुवाको सूची बनेपनि कुरा नमिल्दा निर्णय हुन नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्