Logo
Logo

चिसापानी-सोल्टा सडकमा सधैँकाे सास्ती


हिक्मत बम


धनगढी । हरेक बर्ष बर्षातको समयमा मोहन्यालका जनताले बाढी र पहिरोले चरम सास्ती खेप्नु पर्ने नियति नै बनि सकेको छ । कैलाली सुगम जिल्ला हो । तर साविकका ७ वटा र हाल दुई वटा गाउँपालिकामा गाभिएका मोहन्याल र चुरेका अधिकाँश वस्तीका जनताले भगवान भरोसामा तराई ओहोर दोहोर गर्नु पर्ने बाध्यता छ ।बर्षाको समयमा बाढी अनि पहिरो जाँदाले सो क्षेत्रका अधिकाँश अवैज्ञानिक रुपले बनाइएका सडकहरु अवरुद्ध हुने गरेका कारण मानिसहरुले ज्यान हत्केलामा राखेर ओहोर दोहोर गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन्

कैलाली जिल्लाको कर्णाली चिसापानी हुँदै सोल्टा जाने सडक खण्डमा पर्ने बाका, बादे, कारवा,टिउली लगायतका खोलामा बाढी र केलाडी भीरमा पहिरो गएका कारण बाटो पैदल यात्रा गर्न समेत नसकेर मानिसहरु कष्टकर यात्रा गर्न बाध्य भैरहेको कुरा मोहन्याल ७ का पूर्ण बहादुर रावलले बताए ।

केलाडी भीरमा पहिरो गएका कारण कुनैपनि यातायातका साधनहरु चल्न नसक्ने देखि लिएर पैदल यात्रा गर्नपनि भीरमा झुण्डीएर जर्वजस्ती ज्यान जोखिममा हालेर हिड्नु पर्ने बाध्यता आई लागेको कुरा बताउँछन्मो, हन्याल ७ कै धर्मराज सोनी । ‘हरेक बर्ष बर्षातको समयमा पहिरो जाने,कच्ची बाटो र खोलामा पुल नहुँदा कैलालीको साविक सुगरखाल,सुर्खेतका लगाम, बेतान, बाबियाचौर ,दैलेख अनि कालिकोट सम्म जाने यात्रीहरुले समेत निकै शास्ती खेप्नु परिहेको छ ।’ उनले भने ।

हरेक बर्ष बर्षातको समयमा सो सडक खण्ड भएर जाने मानिसहरुले पहिरो र बाढीको जोखिम मोल्नु परिरहेकोले सडक निर्माणका लागि राज्यले बलैमा पहल नगरेका कारण स्थानीय जनताले ठूलो शास्ती खेप्नु पर्ने बाध्यता रहेको सोनीले बताए ।

२०४८ साल देखि निर्माण थालिएको चिसापानी सोल्टा सडक खण्डमा शुरुमा जगलघाट हुँदै अछामको मंगलसेनका लागि राथतो कितावमा योजना पारिएको भएतापनि पछिल्लो समयमा भने उक्त सडकलाई कर्णाली चिसापानी सोल्टा सडकमा परिणत गरिएको थियो ।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसद झपट रावलले आफ्नो पालामा सडक निर्माणका लागि कर्णाली चिसापानी देखि चिप्लेघाटसम्म सडक पक्की निर्माणका लागि २५ करोड विनियोजन गरिएको जानकारी दिए । सडक निर्माण तत्काल सम्भव नभएपनि वातावरणीय प्रभाव मूल्यांकनको कार्यहरु सञ्चालन गरिएको र केहि समय भित्रै टेण्डर प्रकृयामा लैजाने तयारी भएको पनि सांसद रावलले प्रतिवद्धता जनाएका छन् ।

उनले भनेकाे कुरा कत्तिकाे पूरा हाेला, त्याे समयले बताउला ।

प्रतिक्रिया दिनुहोस्