Logo
Logo

सरकार ‘जंगली राज’ शैलीमा गयो : सांसद मल्ल


378
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिइएको घटनालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको आलोचना गरेरका छन् ।

सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मल्लले सरकारको यस्तो शैलीलाई ‘जङ्गली राज’ को संज्ञा दिए । सांसद मल्लले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित व्यक्तित्वमाथि मध्यरातमा गरिएको कारबाहीले लोकतन्त्र, संविधान र विधिको शासनको उपहास गरेको बताए । मल्लले यस्तो प्रतिशोधपूर्ण राजनीतिले भविष्यमा आफैँलाई समेत असर पार्ने चेतावनी दिए ।

उनले भने, ‘जहाँ संविधान, कानून र स्थापित विधि मानिँदैन, त्यस्तो राज्यलाई कानुनी राज भन्न सकिँदैन। यो जङ्गली राजको अभ्यास हो । महाअभियोग एउटा संसदीय प्रक्रिया थियो, त्यसको निरुपण संसद्को क्षेत्राधिकार भित्रको विषय हो । तर उज्यालोमा गर्न सकिने सामान्य कानुनी कामलाई मध्यरातमा धरपकडको शैलीमा किन गरियो ? यसले सरकारको नियतमाथि प्रश्न खडा गरेको छ । आज सत्तामा रहेकाहरूले भोलि प्रतिपक्षमा बस्नुपर्दा वा सम्मानित नागरिकको भूमिकामा रहँदा यस्तै नियति भोग्नुपर्ला । तसर्थ, सरकारले यस्तो बचकाना र बहुलठ्ठीपूर्ण व्यवहार बन्द गरी विधिको शासन कायम राख्नुपर्छ ।’

जनताले वर्तमान सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गरेको स्मरण गराउँदै सरकारलाई गलत बाटो नहिँड्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्