Logo
Logo

नेकपा सचिवालय बैठकको निर्णय: ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ८ , वैशाख ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। टुंगो लागेको नमावली भोली कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भोलि प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गरिने निर्णय भएको श्रेष्ठले जानकारी दिए।

पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बोलाइएको थियो । बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्