Logo
Logo

भारतीय चाहनामा तालिवान र भारतीय अधिकारीबिच वार्ता



काठमाडौं । भर्खरै अफगानिस्तानमा सत्ता कब्जा गरेको समूह तालिवान र भारतीय पक्षबीच पहिलोपटक वार्ता भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामै वार्ता भएको थियो ।

कतारका लागि भारतीय राजदूत दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग वार्ता गरेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

तालिवानको चाहनामा वार्ता भएको प्रचार गरिएता पनि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार वार्ता अफगानिस्तानमा रहेका भारतीय नागरिकको सुरक्षामा केन्द्रित भएको उल्लेख छ । भारतीय पक्षले अफगानिस्तानको भूमि आफूविरुद्ध प्रयोग नहोस भनी आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्