Logo
Logo

अमेरिकामा बाढी र आँधीले तीन नेपालीसहित ४३ जना बढीको मृत्यु



काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बाढीमा परी ३ जना नेपालीको मृत्यु भएको छ । आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले दिएको जानकारी अनुसार उनीहरुको बाढीमा परी मृत्यु भएको हो ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।

४३ जनाको मृत्यु
अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४३ जनाको मृत्युको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भने जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले बताएका छन् ।

समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र न्यूजर्सी राज्यमा भारी वर्षा भएको छ । यो अस्वाभाविक भएको मौसमविदहरुले बताएका छन् ।

न्यूजर्सीमा २३ जना, न्यूयोर्कमा १४ जना, पेन्सलभेनियामा ३ जना र कनेटिकटमा एकजनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ । न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा मृत्यु भएकाहरुमध्ये धेरैजसो पानीको सतह बढेपछि आफ्नै सवारीसाधनमा फसेकाहरु रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्