Logo
Logo

नेकपाका नेता न्यौपानेद्वारा राजिनामा


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, ११ बैशाख । आफूभन्दा जुनियरलाई अध्यक्ष भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रुपन्देही जिल्ला सचिवमा मनोनित भएका नेता दधिराम न्यौपानेले राजीनामा दिएका छन्।

एकताका लागि पूर्व माओवादी र एमालेमा भागबण्डा हुँदा रुपन्देहीको अध्यक्ष एमालेको भागमा परेको थियो। एमालेले प्रदेश सदस्य एवं बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई अध्यक्ष बनाएको छ भने पूर्व माओवादी केन्द्रको भागमा परेको सचिवमा न्यौपाने मनोनित भएका थिए।
आफूभन्दा जुनियरलाई अध्यक्ष बनाएपछि असन्तुष्ट भएर न्यौपानेले मंगलबार राजीनामा दिए पनि त्यसको कारण भने अन्य नै बताएका छन्। उनले प्रदेश ५ इन्चार्ज शंकर पोखरेललाई भेटेरै राजीनामा दिएका हुन् । पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत राजीनामा बुझाएका छन्।

राजीनामा पत्रमा उनले नयाँलाई अवसर दिन र आफू प्रदेशसभाको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने उल्लेख गरेको बताइएको छ।
नेकपाले सोमबार जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको थियो । एकतापछि कतिपय जिल्लामा असन्तुष्टि चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्