Logo
Logo

धनगढीमा थारु सांस्कृतिक संग्रहालयको स्थापना



धनगढी । धनगढीमा थारु सांस्कृतिक संग्रहालय स्थापना गरिएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ७ पटेला गाउँमा स्थापना गरिएको ‘पटेला थारु सांस्कृतिक संग्रहालय’ शुक्रबार उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख शुसीला मिश्र भट्ट र वडा अध्यक्ष सीताराम रानाले उद्घाटन गरे ।

संग्रहालयको उद्घाटन गर्दै नगर प्रमुख नृप वडले संग्रहालयले लोप हुन लागेको थारु समुदायका कला, संस्कृति जर्गेना गर्ने बताए । उनले भने– ‘पछिल्लो समय सुदूरपश्चिमका कला, संस्कृतिहरु लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि संग्रहालयको स्थापना गर्न लागिएको हो । त्यसै अनुरुप थारु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको हो ।’

त्यस्तै, उपप्रमुख सुशिला मिश्र भट्टले थारु कला, संस्कृतिको जगेर्ना गर्न संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । ९८ प्रतिशत थारु जातीको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु संग्रहालय स्थापना हुनु आफैमा गर्वको कुरा रहेको उनको भनाइ थियो । धनगढी बजारबाट नजिकै रहेको संग्रहालय हेर्न आउने वातावरण बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

थारु जातीको रहन सहन, सांस्कृतिक झल्कने लुगा कपडा, पुराना गरगहना लगायत सामग्रीहरु संग्रहालयमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्