Logo
Logo

कांग्रेसका २५ नेताको अपिल- विवाद र मतभेद छाडेर पार्टी जोगाऔं


0
Shares

काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेपछि निवर्तमान केन्द्रीय सदस्य र प्रदेश सभापतिसहित २५ नेताले एकताका लागि अपिल जारी गरेका छन् ।

शुक्रबार निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), निवर्तमान केन्द्रीय सदस्यहरू, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराईलगायत २५ जनाले संस्थापन र संस्थापन इतर समूहलाई १५औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन् ।

‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवार निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको बृहत एकताका लागि सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण रहने उनीहरूको भनाइ छ । ‘देश संकटमा रहेको यस संवेदनशील घडीमा नेपाली कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न उनहिरुले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्