Logo
Logo

सडकपेटीमा प्रसूति घटना- डा.उषा देवसहित ६ जना हटाइए


0
Shares

काठमाडौं । पैसा तिर्न नसकेको भन्दै प्रस्तुति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले ६ जना कर्मचारीलाई कामबाट हटाएको छ ।

अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै डा. उषा देवसहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जानकारी दिएको हो । देव र झासहित स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर र स्वीपर कृष्ण मेहतरलाई कामकाजबाट हटाएको हो । उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको भनाइ छ ।

गत मंगलबार राति राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले अस्पतालले भर्ना नलिएपछि सडक पेटीमै बच्चा जन्माएकी थिइन् । उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्