Logo
Logo

चीनले पठाएको पाँचौ खेपको राहत सामग्री काठमाडौं आइपुग्यो


0
Shares

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि चीनले पठाएको पाँचौ खेपको आकस्मिक राहत सामग्री काठमाडौं आइपुगेको छ । राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेना (पीएलए) को वाई–२० ‘ए’ कार्गो विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरेका छन् । चीन पठाएको राहत सामग्रीमा डिजेल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, शव राख्ने फ्रिज (मर्चरी फ्रिजर), डीएनए परीक्षण उपकरण तथा रिएन्जेट र जल उद्धार उपकरण समावेश छ ।

बाढी प्रभावितको खोज तथा उद्धारका प्रयासलाई निरन्तर अघि बढाउनका लागि सहयोग पुग्ने गरी राहत सामग्री पठाइएको चीनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्