Logo
Logo

प्रतिनिधिसभा विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित



काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर ९ सय ३ जनालाई विभिन्न मानपदवी र विभूषण प्रदान गर्ने भएको छ । जसमध्ये प्रतिनिधिसभा विघटनको पहिलो मुद्दामा संवैधानिक इजलासमा रहेका सबै न्यायाधीशहरु पनि परेका छन् ।

फाइल फोटो

सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । जसमा अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक पाएका छन् । यिनै न्यायाधीशको इजलासले पहिलो प्रतिनिधिसभा विघटन बदर गरिएको थियो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु सुकीर्तिमय राष्ट्रद्वीपबाट विभूषित भएका छन् । वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्का यो पदक पाउनेहरुको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्