Logo
Logo

माछापुच्छे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता


0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ विप्रेषण सेवा सञ्चालन गर्न सम्झौता भएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा सुुरु भएको छ ।

यस सम्झौतासँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी प्रेषित गरिएको रकम माछापुच्छ«्र्रे बैंककोे आफ्नै विप्रेषण सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानीका साथै माछापुच्छ«्र्रे बैंकलगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सेवाग्राहीले सहज रुपमा नगद भुक्तानी पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ ।

माछापुच्छ«्रे बैंकले पूर्वदेखि पश्चिम तथा हिमालदेखि पहाड र तराइसम्म आफ्ना १५६ वटा शाखाहरु, ८८ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएमहरु मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000