Logo
Logo

‘सभामुख सबैकाे साझा हुनुपर्छ’



पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले पोखरा महानगरपालिका–३१ को कार्यकर्ता भेलालाई सम्बोध गर्दै उनले सभामुख कुनै दल विशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिष्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्