Logo
Logo

एक हजार ९५ संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । नेपालमा सोमबार एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ८१७ नमुना परीक्षण गर्दा एक हजार ९५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ९७५ र एन्टिजेनबाट १२० जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा १० हजार ७८६ जनाको पीसीआर र ३ हजार ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

त्यस्तै सोही अवधिमा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५२ हजार १७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्