Logo
Logo

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास हुन सक्दैन : सर्वोच्च



काठमाडौं । संवैधानिक इजलास विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदाललते लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास हुन नसक्ने बताएको छ ।

सर्वोच्चका तर्फबाट रजिष्ट्रार नारायण पन्थीद्धारा पेश गरिएको लिखित जवाफमा प्रधानन्यायाधीश विनाकाे संवैधानिक इजलास हुन नसक्ने उल्लेख छ ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेश गरेपछि त्यसमा लिखित जवाफ माग गरेपछि सर्वोच्चले जवाफ पेश गरेको हो ।

जवाफमा भनिएको छ– ‘इजलास गठन हुनका लागि प्रधानन्यायाधीश बाहेक अन्य चार जना न्यायाधीश रहनु अनिवार्य हुन्छ । संविधानले नै प्रधानन्यायाधीशरहित संवैधानिक इजलासको परिकल्पना गरेको छैन । नेपालको संविधानको धारा १३७, सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन० नियमावली, २०७२ र अधिवक्ता माधवकुमार बस्नेत प्रत्यर्थी न्याय परिषद् सचिवालयसमेत भएको परमादेशसमेत (ने.का.प. २०७५ अंक ४ नि.नं. ९९८५) को रिट निवेदनमा भएको व्याख्या समेतबाट संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका सर्वोच्च अदालतका अन्य ४ जना न्यायाधीश रहने हुँदा निवेदन जिकिर बमोजिम आदेश जारी हुने अवस्थाको विद्यमानता छैन।’

निवेदकले निवेदनमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश नबस्ने भनी निर्णय भएको हो भने कुन संवैधानिक वा कानुनी आधारमा गरेको हो र अन्य न्यायाधीशले कुन कानुनका आधारमा सल्लाह दिएका हुन् स्पष्ट नभएको सर्वोच्चको लिखित जवाफमा उल्लेख छ ।

सर्वाेच्चकाे जवाफ यस्ताे छ–

प्रतिक्रिया दिनुहोस्