Logo
Logo

नेविसंघका महामन्त्री तिमल्सिना वडामै पराजित



सिन्धुपाल्चोक । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमल्सिना वडा अधिवेशनमै पराजित भएका छन् ।

मंगलबार भएको त्रिपुरा सुन्दरी गाउँपालिका वडा–३ को अधिवेशनमा तिमल्सिना पराजित भएका हुन् । उनी वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि उठेका थिए । उनको पक्षमा जम्मा ७७ मत आएको थियो भने उनलाई पराजित गर्नेले ९४ मत पाएका थिए ।

तिमल्सिना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् । उनी सिटौलाकै पहलमा नेविसंघ महामन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्