Logo
Logo

दृष्टिका दश हेडलाइन्स्ः शेयर बजारमा ‘बाउन्स ब्याक’देखि विप्लवको चेतावनीसम्म



हेडलाइन्स्ः

१. लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ‘बाउन्स ब्याक’, नेप्से १०४.८८ अङ्कले बढ्यो, परिसूचक दुई हजार ८१६.९५ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १९.४७ बिन्दुले बढेर ५२८.१० मा पुग्यो, १४ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट ।


२. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त, नवनियुक्त खड्काद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण, पदभार ग्रहण गरेलगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कतर्फ लागे ।


३. बिहीबारसम्म मन्त्रीपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को भनाइ, अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको ठहर, दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्ने तयारी ।


४. बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, जबजलाई विकसित गरेर लाने प्रतिबद्धता, मुलुकको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतत्वकासाथ अघि बढाउँदै नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अभिव्यक्ति, पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद रहेको भनाइ, अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित, केन्द्रीय कमिटी बैठक लम्बियो ।


५. मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्दै पौडेल समूहले भाग खोज्यो, प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफ्नोतर्फका सांसदहरुलाई व्यक्तिगत रुपमा चयन गरेर मन्त्री बनाउने र खेलबाड गर्ने कोसिस गरेको ओरोप, आफ्नो समूहभित्र नखेल्न प्रधानमन्त्रले देउवालाई पौडेल समूहको चतवानी ।]


६. नेकपा माओवादी केन्द्रले पार्टीले संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख र्पुयाउने, आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने, केही नेताहरूले पार्टी छोडेपनि तल्ला कमिटीमा खासै असर नपरेको नेता देवेन्द्र पौडेको दाबी, कार्यकर्तामा रहेको गुनासो र असन्तुष्टिलाई सम्बोधन गरेर अगाडि बढ्ने भनाइ ।


७. सरकारले आफूहरुसँग गरेको तीनबुँदे सहमति पालना नगरे त्यसलाई तोड्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को चेतावनी, जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो पारामा घेरा हाल्न खोजे प्रतिरोधका रुपमा सहमति तोड्न आफूहरु तयार रहेको भनाइ, आफूहरु तीनबुँदेमा इमान्दार रहेको भए पनि सरकार इमानदार रुपमा प्रस्तुत हुन नसकेको आरोप ।

netra bikram chand biplav


८. ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको भनाइ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि प्रतिशोधको रुपमा झुटा मुद्दा लगाएको दाबी, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको भनाइ ।


९. बागमती प्रदेश खेलकुद बिकास परिषदद्वारा खेलकुदको ४ राष्ट्रिय संघसँग सहकार्य, प्रशिक्षक तालिमका लागि नेपाल ब्याडमिन्टन संघ, नेपाल एथलेटिक्स संघ, नेपाल रग्वी संघ र नेपाल आइटिएफ तेक्वान्दो संघसँग बुधबार सम्झौता, बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्य लाल भण्डारी, ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमला र एथलेटिक्स संघको तर्फबाट राखेप अन्तरगतको एथलेटिक्सको वरिष्ठ प्रशिक्षक चन्द्र गुरुङद्वारा हस्ताक्षर ।


१०. साउदी अरेबिया नेतृत्वको सेनाद्वारा हुथी विद्रोहीमाथिको कारबाही निरन्तरता, मंगलबार गरेको कारबाहीमा १२ जना हुथी विद्रोहीहरु मारिए, सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसद्वारा निन्दा, सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएको टिप्पणी, राजनीतिक कू को प्रयास नगर्न आग्रह ।

प्रतिक्रिया दिनुहोस्