Logo
Logo

नेपालमा दुई महिनाभित्रै आउँदैछ पाइपलाइनबाट पेट्रोल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १४ वैशाख ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) को सहयोगमा निर्माणाधीन मोतीहारी–अमलेखगन्ज पाइपलाइन दुई महिनाभित्रै सम्पन्न हुन लागेको छ ।

आईओसीको बिहार पाइपलाइन परियोजना हेर्ने महाप्रबन्धक एनके पण्डाका अनुसार १५ असारभित्रै पाइपलाइनबाट तेल ढुवानी हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

दक्षिण एसियाकै यो पहिलो अन्तर्देशीय पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ । पाइपलाइनबाट इन्धन ल्याउन सुरु गरिएपछि वार्षिक २ अर्ब ढुवानी खर्च जोगिने निगमका पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्