Logo
Logo

पोखराका लागि उडेको विमानको ककपिटमा धुवाँ



काठमाडौं । बुद्ध एयरकै अर्को जहाज पनि समस्या देखिएको छ । ककपिटमा धुँवा देखिएपछि सोमबार बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१-९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । आजै बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौंमै फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्