Logo
Logo

तीन देशका राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ


0
Shares

काठमाडौं । तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन् ।

भारतका लागि राजदूत डा.निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उनीहरूलाई राजदूत पदमा नियुक्त गरेका थिए ।

मन्त्रीपरिषद्ले १३ जना राजदूतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरूमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । अग्रिमो आएका ३ जना राजदूतहरूले मात्रै सोमबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।  

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000