Logo
Logo

मधेसको मुद्दा सम्बोधन नभएसम्म संघर्ष जारी रहन्छ : साह



जनकपुर । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य गणेश साहले मधेसको मुद्दा सम्बोधन नभएसम्म संघर्ष जारी नै रहने बताएका छन् ।

माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) को प्रदेश २ स्तरीय भेलालाई जनकपुरमा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य साहले मधेसको समस्या देशकै समस्या भएकाले सम्बोधन गर्नुपर्ने बताए ।

विद्यार्थी नेतालाई क्रान्तिकारी भाषण गरेर मात्रै नहुने बताउँदै उनले व्यवहार पनि क्रान्तिकारी हुनुपर्ने बताए । नेताको पछि लागेर नेता नहुने बताउदै उनले पार्टी, संगठनको निर्णय कार्यान्वयन गर्दै समाजको विकृतीका विरुद्धमा शसक्त रुपमा उभिनुपर्ने बताए ।

भेलालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष दिपक देवकोटाले मधेशलाई कार्यकारी पद दाबी गर्न सुझाव दिए ।

परम्परगत शक्तिहरुले मुलुकको कार्यकारी पदहरुमा मधेशलाई संधै शंका गर्ने गरेको भन्दै देवकोटाले भने, ‘गणतन्त्रपछि नेपाली समाजको सोच्ने तरिकामा बदलाव आएको छ । मुलुकको पहिलो रास्ट्रपतिमा मधेशको छोरोले अवशर प्राप्त गरे । मधेसले माओवादी पार्टीलाई दुःख र अफ्ठेरोमा सँधै भरोस प्रदान गरेको छ ।’

अखिल क्रान्तिकारीमा समेत मधेसले अध्यक्ष, महासचिव जस्ता पदहरुमा दाबी पेश गर्नुपर्ने बताउँदै उनले महिला, मधेसी र बहिस्करणमा परेका सबै क्षेत्र, समुदाय र भुगोललाई राज्यको मुलधारमा स्थापित गर्ने माओवादी अभियान पुरा भएको बताए ।

भेलालाई माओवादी केन्द्रका नेता विश्वनाथ साह, महेन्द्र पासवान, प्रदेश २ का आन्तरिक माामिला तथा संचार मन्त्रि भरत साह, अजय शंकर नायक, श्रवण बरबरिया, दिलीप साह र ओहिद अंसारीले सम्बोधन गरेका छन् ।

यसैगरी भेलामा अखिल (क्रानतिकारी) का उपाध्यक्ष रबिकिरण यादव, उपमहासचिव जीपी मैनाली, सचिव गजेन्द्र देव लगायतकाले सम्बोधन गरेको प्रदेश २ का संयोजक सुर्यनारायण साहले बताए ।

प्रतिक्रिया दिनुहोस्