Logo
Logo

नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौं : चिनियाँ विदेशमन्त्री वाङ



काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यिले चीनले नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहाने बताएका छन् ।

उनले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाउँदै सो कुरा बताएका हुन् ।

आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए । एसजयशंकर र खड्का बीचमा अमेरिकाको न्यूयोर्कमा भेटघाटसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्