Logo
Logo

चाडवाड लक्षित सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले चाडवाड लक्षित सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले आम नागरिकले अनुभूति गर्ने गरी दशैं, तिहार र छठमा काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई चाडवाड लक्षित सुरक्षा व्यवस्था मिलानउ निर्देशन दिएका हुन् ।

उनले भने, ‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्‍यो । नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन, अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुपर्‍यो र चाडपर्वमा परिवर्तन देखिनुपर्‍यो।’

उनले जनतालाई मुस्कुराएर सेवा दिन निर्देशन पनि दिए । उनले भने, ‘जसरी हुन्छ उपलब्ध स्रोत र साधनको उपयोग गरेर अघिल्ला वर्षहरूमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु पर्‍यो। प्रहरी र निजामती कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिनपर्‍यो।’

खास गरी सडकको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षेत्राधिकार भित्र पर्दैन भनेर चुप नबसी कसको क्षेत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन पनि निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्