Logo
Logo

रुट्स नेपालद्वारा कर्णाली स्पोर्टसलाई सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख । कीर्तिमानी धावक हरिबहादुर रोकायाद्धारा सञ्चालित कर्णाली स्पोर्टस क्लबलाई रुट्स फेशन प्रालिले आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमबीच रोकया नेतृत्वको कर्णाली स्पोर्टसलाई १ लाख रुपैयाँ नगद सहयोग गरेको हो ।
त्यस्तै, रुट्सले कर्णाली स्पोर्टस क्लबले गर्न लागेको एथलेटिक्स प्रतियोगितालाई १ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ । एथलेटिक्स २७ असारमा हुनेछ । रोकायालाई रुट्स फेसनका निर्देशक राजिव श्रेष्ठले चेक हस्तान्तरण गरेका थिए । रुट्सले यसपाली शु एक्सचेन्जबाट प्राप्त जुत्ताहरु कर्णाली स्पोर्टसलाई क्लबलाई प्रदान गर्ने जनाएको छ ।
रुट्स फेसन प्रालिले लामो समयदेखि नेपालमा अन्तर्राष्टियस्तरका विभिन्न चर्चित ब्राण्डका खेलकुद पोसाक तथा खेल सामाग्री प्रदान गर्दै आएको छ । यसपटक १ मे देखि ३१ मेसम्म शु एक्सचेन्ज कार्यक्रम चल्ने भएको छ ।
उक्त कार्यक्रममा सहभागी उपभोक्ताले पुरानो जुत्ता ल्याएर छोडे वापत नयाँ जुत्ताको खरिदमा आकर्षक छुट पाउने छन् । ७ हजार ९ सय ९९ रुपैयाँसम्म मुल्य पर्ने जुत्ता खरिदमा गर्न चाहे पुरानो जुत्ता ल्याउनेले २ हजार रुपैयाँ छुट पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्