Logo
Logo

भूतपूर्व ब्रिटिस गोखाजद्वारा समान कामको समान ज्याला माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समान कामको समान ज्याला पाउनुपर्ने माग गरेको छ । समितिले बुधबार धर्ना कार्यक्रम गर्दै कार्य अवधि (ड्युटी) मा मारिएका, घाइते तथा अपांगता भएका ब्रिटिस गार्खाले ब्रिटिस सरह नै समान सुविधा पाउनुपर्ने माग गरेको हो ।
त्यस्तै, अन्य पेन्सन जस्तै विधवा, मेडिकल सबैखाले खालका पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाले क्षतिपूर्तिको एकमुष्ट रकम पाउनुपर्ने, सोही समयमा नोकरीबाट बर्खास्त भएकाले ब्रिटिस सरह पेन्सन पाउनुपर्ने माग गरिएको छ ।
कार्यक्रमका संयोजक कृष्णबहादुर राईले यस विषयमा नेपाल सरकारले पहल गर्नु पर्ने बताएका छन् । सो समस्याबाट पीडित हाल २८ हजार नेपाली ब्रिटिस सैनिक छन् । तीस वर्ष भन्दा बढी उमेरका ब्रिटिस गोर्खाका छोराछोरी सबैलाई बिना सर्त बेलायती भिसा दिनुपर्ने माग पनि राखिएको छ । नेपाल सरकार र ब्रिटिस सरकारबीच उच्चस्तरीय वार्ता टोली गठन भएको ११ महीना बितिसक्दासम्म समस्या समाधान नभएकाले सरकारलाई दबाबस्वरुप धर्ना कार्यक्रम गरिएको संयोजक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्